पोखरामा एमालेबाट चिप्लिँदै महानगर, समाजवादीका धनराजको एकोहोरो अग्रता
काठमाडाैं | जेठ ३, २०७९
पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ ।
पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम ।
एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ ।
हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् ।
अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् ।
एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

